बक्सअफिस अकुपेन्सी : ‘इन्टु–मिन्टु लन्डनमा’ ओपनिङ ६०–८०%

साम्राज्ञी शाह र धीरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ले बक्सअफिसमा उत्साहजनक सुरुआत गरेको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित मोफसलका एकल पर्दामा रोमान्टिक ड्रामाले बिहानी र दिवा सोजमा ६०–८० प्रतिशत अकुपेन्सीसहितको थालनी गरेको हो ।




ट्रेलर हाइप, साम्राज्ञी र धीरजको जोडी र वर्ड अफ माउथको प्रभाव ओपनिङमा देखिएको हो । रेनशा बान्तवा राई निर्देशित फिल्मलाई खासगरि मल्टिप्लेक्स दर्शकले रुचाउने अपेक्षा छ । बिहानी सोजमा समेत ६० प्रतिशत थियो क्यूएफएक्समा ।

शुक्रबारै रिलिज भएको सृष्टि श्रेष्ठ र आर्यन अधिकारी स्टारर फिल्म ‘बाँध माया’ले भने तुलनात्मकरुपमा कमजोर अकुपेन्सीसहितको ओपनिङ गरेको छ । हलिउड फिल्म क्रेजी रिच एसियन्स भने भारतीय सेन्सर बोर्डको ढिलाइले गर्दा नेपालमा रिलिज हुन सकेन । 
Powered by Blogger.