प्रियंका र प्रमोद स्टारर 'कथा काठमाण्डू' ट्रेलर रिलिज

फिल्म 'कथा काठमाण्डू'ले अफिसियल ट्रेलर लन्च गरेको छ । प्रियंका कार्की र प्रमोद अग्रहरिको अन्तरंग दृश्यको कारण चर्चा बटुलेको फिल्म ट्रेलरमा पनि इन्टिमेट दृश्य समावेश गरिएको छ । 





जीविकोपार्जनका लागि यौन धन्दामा लाग्ने महिला पात्रको भूमिकामा कार्कीले अभिनय गरेकी छन् । तीन भिन्न कथा र द्धन्द्ध समेटिएको फिल्ममा आयुष्मान जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

कान्तिपुर टिभीमा कुनैबेला सिरियल निर्देशन गरेकी संगीता श्रेष्ठको यो डेब्यु फिचर हो । अष्ट महर्जनको द्धन्द्ध रहेको गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरजविक्रम थापाले संगीत भरेका छन् ।

असोज १२ गते फिल्म रिलिज हुँदैछ


Powered by Blogger.