कुन जाला अस्कर अवार्डमा : तान्द्रो, पञ्चायत र माइ लभ

आगामी फागुन १३ गते अमेरिकाको लस–एन्जल्स सहरमा अस्कर अवार्ड २०१९ समारोह आयोजना हुँदैछ । यसका लागि विभिन्न देशले विदेशी भाषी विधामा प्रतिस्पर्धा गर्न फिल्म पठाउँदैछन् ।

नेपालले असोज ३ गते सिफारिस गरिने फिल्म छनौट गर्दैछ । नेपालको अस्कर समितिलाई तीन फिल्म प्राप्त भएका छन् । ती हुन् : तान्द्रो, पञ्चायत र माइ लभ : प्रमिस फर काठमाण्डू । यीमध्ये दयाहाङ राई अभिनित ‘तान्द्रो’ मुख्य प्रतिस्पर्धी हो ।



साम्तेन भुटिया निर्देशित फिल्म ‘तान्द्रो’ले दशक लामो माओवादी सशष्त्र विद्रोहको क्रममा सेनाको गाली लागेर घाइते माओवादी सांस्कृतिक विभागको टोलीका एक सदस्य गंगाबहादुर लामाको कथा भन्छ । वास्तविक घटनामा फिल्म आधारित छ ।

तोसिआकी इतोह निर्देशित ‘माइ लभ : प्रमिस फर काठमाण्डू’ले नेपालमा हालै गएको विनाशकारी भूकम्पपछि उद्दारमा खटिएको एक जापानी मान्छेको कथा पेश गर्छ । गणेश लामाको मुख्य भूमिका रहेको फिल्मले औषत समिक्षा प्राप्त गरेको थियो ।

शिवम अधिकारीद्धारा लिखित एवं निर्देशित फिल्म ‘पञ्चायत’ले एक किशोरीमा उमेर गत परिवर्तनसँगै भएको शारीरिक र मानसिक बदलावको कथा भन्छ । नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्मले छाउपडी प्रथालाई चित्रण गरेको छ ।

Powered by Blogger.