‘कथा काठमाडौं’को ट्रेलर युट्युवबाट हटाउन बोर्डको निर्देशन

फिल्म कथा काठमाडौंको ट्रेलर अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युट्युवबाट तत्काल हटाउन निर्माताको नाममा मंगलबार पत्र काटेको छ । 

अध्यक्ष निकिता पौडेलद्धारा हस्ताक्षरित पत्रमा उक्त ट्रेलरले सामाजिक मर्यादामा खलल पु¥याउने कुरा उल्लेख छ । ‘अन्यथा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली २०२६ र २०५७ संसोधन बमोजिम आवश्यक कार्वाही हुने व्योहोरा जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ ।





संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य शाखालाई पत्र बोधार्थ पठाइएको छ । अश्लिल प्रोमो सम्बन्धमा लेखिएको पत्र निर्माता कम्पनी आहाना फिल्मसलाई सम्बोधन गरिएको छ ।

प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज श्रेष्ठ, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारी अभिनित फिल्म कथा काठमाडौंलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । विजय राई निर्माता हुन् ।

असोज १२ गते फिल्म रिलिज हुँदैछ ।


Powered by Blogger.