शुक्रबार कुन फिल्म हेर्ने: रोज, रामकहानी र हलिउडको नन् !

शुक्रबार नेपाली बक्सअफिसमा तीन फिल्म लाग्दा दर्शक स्वभाविक विभाजित हुनेछन् । दर्शकलाई आफूतर्फ तान्न यी तीन फिल्मबीच प्रतिष्ठा र जनरको लडाइँ समेत हुनेछ । 

रोज, रामकहानी र नन् । 



यी तीनैसँग खास विशेषता छन् र दर्शकमाझ प्रतीक्षित पनि । प्रदीप खड्का स्टारर रोज गीत र कन्टेन्टले अवेइटड । रामकहानी कमेडी एक्टरले र नन् हलिउडको कन्ज्युरिङ युनिभर्सको प्रतीक्षित सिक्वेल । नन् मल्टिप्लेक्समा मात्र हुनेछ ।

विवाद, स्टार र कन्टेन्ट रोजको सशक्तता हो । प्रेमगीत फेम्ड एक्टर खड्काको क्रेज रोजलाई दर्शक तान्ने इन्डिकेटर बन्न सक्छ । हालैको नेसनल टुर प्रमाण हो ।

कमेडी एक्टर्ज र विवाद, रामकहानीको अर्को सशक्तता । छक्कापञ्जा फेम्ड कलाकार रुचाउने र सुदर्शन थापाको मेकिङ स्वाद चाख्ने दर्शकलाई रामकहानी रुच्न सक्छ । एकल पर्दामा समेत यसलाई रुचाइन सक्छ ।

हलिउडको सुपरन्याचुरल र हरर फिल्म नन् यसअघि रिलिज भएको कन्ज्युरिङको पाँचौं सिक्वेल । सन् १९५२ को रोमानियामा लुकाइएको एउटा अपवित्र रहस्य पत्ता लगाउन इसाइ पादरी र एउटी भिक्षुणीको संघर्षको कथा हो ।

कुन हेर्ने, तपाईंको विचार । 
Powered by Blogger.