'क्याप्टेन'ले अझै तोकेन डेट, 'ब्याचलर बन्टी' अगाडि आउँदा 'ए मेरो हजुर ३'लाई तनाव

हालै अनमोल केसीले लगातार तीन फिल्म साइन्ड गरे । उनकै होमप्रोडक्सन 'क्याप्टेन'सहित झरना थापाको 'ए मेरो हजुर ३' र मिलन चाम्सको 'ब्याचलर बन्टी' । 

चाम्सले निर्देशन गर्ने 'ब्याचलर बन्टी'ले फागुन १७ गतेलाई रिलिज मिति तोकिदिएको छ । अनमोलले क्याप्टेनपछि अब 'ए मेरो हजुर ३' गर्दैछन् । 'ए मेरो हजुर ३'ले चैत २९ लाई रिलिज डेटको रुपमा घोषणा गरिसकेको छ ।



तर, 'ब्याचलर बन्टी' अगाडि नै आउँदा सर्वाधिक टाउको दुःखाइ 'ए मेरो हजुर ३'लाई हुनेछ । अर्को तनाव, 'क्याप्टेन'ले अहिलेसम्म रिलिज मिति तय गर्न सकिरहेको छैन । कात्तिक १६ लाई प्रस्ताव गरिएपनि त्यसको टुंगो लागेको छैन ।

ब्याक टु ब्याक फिल्म रिलिज हुँदा प्रभाव सीधै केसीमाथि पर्ने देखिन्छ । रिलिजको ग्याप छोटो हुँदा यसले प्रभाव त पार्ने नै छ ।
Powered by Blogger.