फेसबुकमा स्टाटस लेखेको आरोपमा अभिनेता देशभक्त खनाल पक्राउ

फेसबुकमा स्टाटस लेखेको आरोपमा पाका अभिनेता देशभक्त खनाललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । विहान ७ बजे ललितपुर–५ स्थित निवास नजिकबाट इमाडोल प्रहरी प्रभागबाट खटिएको सादा पोशकको प्रहरी टोलीले खनाललाई पक्राउ गरेको थियो । 

खनालले फेसबुक एकाउन्टमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै गाली गलौजसहितको स्टाटस लेखेका छन् । बोगटीको उजुरीको आधारमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।





ललितपुर प्रहरीले पक्राउ गरेपछि खनाललाई महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ । आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्टाटस लेखेको भन्दै बोगटीले प्रहरीमा उजुरी दिएका थिए ।



कलाकार संघले विज्ञप्ती जारी गर्दै खनालको कार्यप्रति आपत्ति व्यक्त गरेको छ । विद्युतीय इलेक्टोनिक कारोबार ऐन २०६३, संसोधन २०७२ को दफा ४७ (१) बमोजिमको कसुरमा १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था छ । 
Powered by Blogger.