हेर्नूस न्यूयोर्क फेसन विकमा प्रबल गुरुङका डिजाइन : तस्विर

न्यूयोर्क फेसन विकमा यसपटक पनि नेपालका प्रबल गुरुङ चर्चामा रहे । आइतबार उनले थिममा डिजाइन गरेको पहिरनले अन्तराष्ट्रिय मिडियाको ध्यान तान्यो । 









सुपरमोडलहरु गिगि र बेला हदिदसहितका मोडलले प्रबल डिजाइनमा क्याटवाक गरे । ३५ देशका मोडलले प्रबलको डिजाइनमा रनवेमा उत्रिएका थिए । न्यूयोर्क टाइम्सकी फेसन क्रिटिक भेनेसा फ्रिडम्यानले ‘इस्ट मिट्स वेस्ट’ ट्वीटिएकी छन् ।

बौद्ध मन्त्र पोतिएका तोरण टाँगेर फेसन विकको रनवे आकर्षक तुल्याइएको थियो ।  वैजनी, पहेँलो, सुन्तला, घाँसको हरियो रङ पोतिएका वार्डरोव आकर्षक थिए । रनवे सकिएपछि गुरुङ लेखे : रङमा बाँचौ ।
Powered by Blogger.