'सानो संसार'ले मनायो दशौं वर्षगाँठ

नेपाली फिल्ममा डिजिटल प्रविधि भित्राएर क्वेस्ट इन्टरटेनमेन्टले युगान्तकारी भूमिका खेल्यो । मल्टिप्लेक्स संस्कृति बसाल्यो । यही कम्पनीले निर्माण गरेको फिल्म 'सानो संसार'ले दशौं वर्षगाँठ सेलिव्रेट गरेको छ । 

निर्माता र कलाकारले ललितपुरस्थित लबिम मलमा दशौं वर्षगाँठको केक काटे र खुशि साटे । मुख्य कलाकारद्धय विनय श्रेष्ठ र नम्रता श्रेष्ठ खुशियालीमा सहभागि थिए । निर्माताद्धय नकिम उद्दिन र भाष्कर ढुंगानाले पनि साथ दिए ।



आलोक नेम्बाङ निर्देशित रोमान्टिक कमेडी फिल्म सन् २००८ को सेप्टेम्बर १२ मा रिलिज भएको थियो । यही फिल्मबाट नेम्बाङले निर्देशकको रुपमा डेब्यु गरेका थिए भने जीवन लुइँटेल र कर्मको यो अभिनय डेब्यु थियो ।




कागबेनीपछि सानो संसार एचडीमा खिचिएको दोस्रो डिजिटल फिल्म थियो । मोहम्मद हनिफले लेखेको फिल्मलाई समिक्षा गर्दै काठमाण्डू पोस्टले लेखेको थियो : ढिसुम ढिसुम फाइट र घिन्ताङ घिन्ताङ नृत्यबाट पहिलोपटक नेपाली फिल्मले राहतको श्वास फेरेको छ । 
Powered by Blogger.