‘ए मेरो हजुर ३’ छायांकन पोखरामा सुरु

‘अल इभ’ नामक कन्सर्ट एक छेको बन्न सक्छ । यही छेकोलाई ‘ए मेरो हजुर ३’ ले आत्मसात गरिदियो । कन्सर्टकै लागि तालनगरी पोखरा हानिएका अनमोल केसीसँगै फिल्म युनिटले शुभसाइत समेत गर्‍यो  । 

विन्ध्याबासिनी नमोमन्दिरमा निर्माता र कलाकारले पूजाआजा गरे । निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा, अनमोसँगै डेब्यु तयारीमा रहेकी सुहाना थापा उपस्थित रहे ।




अनमोल र सुहानाले मिडियालाई प्रतिक्रिया दिएनन् । यद्यपी, मन्दिर परिसरमै उनीहरुको फ्यान क्रेज गजब लाग्थ्यो । उनीहरुले फ्यानसँग सेल्फी लिए र मुस्कान साटे ।



कन्सर्टमै फिल्म निर्माताले अनमोलका केही दृश्याकंन लिएको बताइन्छ । यद्यपी, साउन ६ गतेदेखि फिल्म छायांकन सुचारु हुने निर्देशक थापाले बताइन् । आगामी चैत २९ गतेको नयाँ वर्ष छेकोलाई रिलिज मिति तय गरिएको छ । 
Powered by Blogger.