(फ्राईडे विथ कलाकार)मा दमदार प्रस्तुती हुने !


नेपाल मोडलीङ्ग संघ सँगको सहकार्यमा काठमान्डौ बिजनेस पार्कमा रहेको मसला कटेजमा गायक धिरज राई,गायीका टिका प्रसाँई लगायत आधा दर्जन कलाकारहरुले विषेश प्रस्तुती दिने भएका छन् ।

(फ्राईडे विथ कलाकार )नाम दिईएको यो कार्यक्रम आगामी भदौ ८ गते हुने छ । 

चर्चीत कलाकारहरुको प्रत्यक्ष प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागीएको मसला कटेजका प्रवन्ध निर्देशक मिलेस रायले बताएका छन् ।

कार्यक्रममा दर्शकको चाहाना बमोजीमको प्रस्तुती कलाकारहरुले दिने  पनि बताईएको छ । 

Powered by Blogger.