पासवर्ड को छायांकन आईतबारबाट सुरु, सन्नि लियोनीले पनि अभिनय गर्ने !

एबी ईन्टरनेसनलको ब्यानरमा चलचित्र पासवर्ड निर्माण हुने भएको छ । पछिल्लो समय द्धन्द निर्देशकको रुपमा राम्रै छबि बनाएका सम्राट बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा ऐतिहासीक एवं पुरातात्विक सम्पदाको संरक्षणको गर्ने संर्घषलाई मुख्य विषय बनाईने निर्माण पक्षले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । 
यो चलचित्रको छायांकन ९८ प्रतिशत बेलायतमा र २ प्रतिशत मात्रै नेपालमा हुने बताईएको छ । 

चलचित्रमा  विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत लगायत बलाकारहरुले अभिनय गर्ने छन् ।

निर्माण पक्षले बताए अनुसार करिब ३० करोड लगानीमा निर्माण हुने यो चलचित्रलाई नेपालको चलचित्र बिकास वोर्ड र बेलायतको व्रिटिस फिल्म ईन्स्च्ुिटमा पनि दर्ता गरीएको छ । 

पासर्वडको छायांकन आईतबारबाट लण्डनमा सुरु हुँदै छ । अर्जुन पोख्रेलको संगीत रहने यो चलचित्रको एउटा गित र केही सिनमा पुर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोनीले पनि अभिनय गर्दै छिन् ।

२०१९ जनवरीमा प्रर्दशन गर्ने लक्ष्य लिईएको यो चलचित्रलाई अमित बस्नेत र हिरल जोशीले निर्माण गर्दैछन्, भने पासवर्डमा सौरभ लामाको छायांकन रहने छ । 

Powered by Blogger.