खुल्यो राज, यसरी भएको थियो श्रीदेवीको निधन !

दिवंगत बलिउड अभिनेत्री श्रेदेबी १९६३ अगस्ट १३ शिवकासीमा जन्मीएकी थिईन् । अहिले यदि श्रीदेवी जिवित हुन्थीन भने उनि ५५ औं जन्मउत्सव मनाईरहेकी हुन्थीन् । 

श्रीदेवीले २०१८ फेभरेवरी २४ मा दुबईको एउटा होटलमा प्राण त्याग गरेकी थिईन । उनको त्यो निधन भने स्वभाबीक थिएन् । बाथटबमा डुबेर उनको निधन भएको बताईएको छ । 

यसै क्रममा अहिले श्रीदेवीका पति बोनी कपुरले श्रीदेवीको निधनको विषयमा केही राज खोलेको समाचार भारतीय संचार माध्यहरुले लेखेका छन् ।

श्रीदेवी बोनी भन्दा केही दिन पहिले दुबई पुगेकी थिईन् । श्रीदेवीले निधन हुने दिन बिहान बोनीलाई फोन गरेर उनको निकै सम्झना आईरहेको बताएकी थिईन् । त्यसपछि श्रीदेवीकी छोरी जान्वीले बोलीलाई पनि दुबई पठाईन् । किन कि जान्वीलाई श्रीदेवी एक्लै भएको समयमा बेला बेला होस गुमाउने र आफु सँग भएको कुनै पनि समान हराउने बानी राम्रो सँग थाहा थियो । त्यसै कारणले बोनी २०१८ फेभरेवरी २४ साँझ ६ बजेर २० मिनेट जाँदा दुबई पुगे । पछिल्लो २४ वर्षमा श्रीदेवी र बोनीले बिदेशमा भएको कुनै पनि कार्यक्रममा एक साथ सहभागी भएका थिएनन् । 

बोनी दुबईमा श्रीदेवीको अगाडी उभिदा श्रीदेबी निकै खुसी भएकी थिईन । भेट्ने बित्तीकै दुबै जनाले अंगालो मारे र केही मिनेट गफ गरे । त्यसपछि बोनी फ्रेस हुन बाथरुम गए । बोनी फ्रेस भएर आएपछि श्रीदेवी फ्रेस हुन बाथरुम गईन् । किन कि दुबै जनालाई एक साथ एउटा पार्टीमा जान हतार पनि थियो । श्रीदेवी धेरै बेर सम्म पनि बाथरुमबाट ननिस्कीए पछि ३,४ पटक सम्म बोनीले श्रीदेबीलाई बोलाए तर बाथरुमबाट केही पनि आवाज आएन । बोनीले बाथरुमको ढोका खोले । त्यतीबेला बाथटब पानीले पुरै भरीएको थियो भने श्रीदेबी त्यही पानीमा पुरै डुबेकी थिईन् । त्यपछि बोनी निकै अताल्लीएका थिए ।

Powered by Blogger.