यसकारण धुम ४ बाट निकालिएका थिए सलमान खान !

फिल्म धुम ४ बाट सलमान खान लिकालिनुको कारण भारतीय मिडियाहरुले खुलासा गरेका छन् ।

समाचारका अनुसार निर्माण कम्पनी एसराज फिलिम्सले यो फिल्मको छायांकन गत वर्ष नै गर्ने तय गरेको थियो । तर सलमान खानको अनावस्यक डिमान्डले गर्दा धुम ४ अन्यौलमा त पर्यो नै, पनि यो फिल्मबाट सलमानलाई नै निस्कासीत हुनु पर्यो । 

सलमानले फिल्ममा हिरोईन देखी सह अभिनेता अभिनेत्री र केही प्राबिधिकहरु आफुले चाहे अनुसारको राख्नु पर्ने सर्त राखे पछि एसराज उनको सर्त मान्न तयार भएन र अन्तमा सलमानलाई नै यो फिल्मबाट निकाली दियो । 

समाचारका अनुसार अब एसराज फिलिम्स आउँदो तिहारमा फिल्म ठग्स अफ हिन्दुस्तानको रिलिज सँगै राहरुख खानलाई लिएर फिल्म धुम ४ निर्माणको औपचारीक घोषणा गर्ने तयारी गरेको छ । त्यसो त शाहरुखको हातमा फिल्म जिरो पछाडी केही पनि छैन् । शाहरुख बेरोजगार भएर बसेको अवस्थामा एसराज फिलिम्सले यो फिल्म घोषणा गर्दै छ । 

Powered by Blogger.