‘रोजी’ को पहिलो गीत ‘फूल हैन.............. रिलिज (भिडियो सहित)

चलचित्र रोजीले सोमबार पहिलो गित फुल हैन......., रिलिज गरेको छ ।

राजेश कुमार श्रेष्ठको शब्द,एलिस कार्कीको संगीत रहेको यो गितमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगरलाई प्रस्तुत गरीएको भिडियोलाई इस्तानबुल, साल्टलेक र कोनियामा छायांकन गरिएको छ, भने कबिराज गहतराजले कोरीयोग्राफी गरेका छन् । 

निरक पौडेलले निर्देशन गरेको यो चलचित्रलाई गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टकाले संयुक्त रुपमा निर्माण गरेको हो । 

रोजीमा अनुप सापकोटाको कथा, राजुबिक्रम थापाको छायांकन,मित्रदेव गुरुङ्गको सम्पादन, अर्जुन पोख्रेल,एलिस कार्कीको संगीत रहेको छ ।

एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको छ ।  रोजी भदौ २२ गतेबाट प्रर्दशन हुँदैछ । 

Powered by Blogger.