‘रोजी’ले घोषणा गर्यो म्युजिकल्ली प्रतिस्पर्धा, यस्ता छन्, पुरस्कारहरु.......!

केही दिन अगाडी मात्रै प्रर्दशन मिती तोकेर प्रचार प्रसारलाई तिब्र बनाउँदै गएको चलचित्र रोजीले म्युजिकल्ली प्रतिस्पर्धा गर्ने भएको छ । 

रोजीले २ दिन पहिले मात्रै रिलिज गरेको फुल हैन....बोल रहेको गित माथी म्युजिकल्ली प्रतिस्पर्धाको घोषणा गरेको हो । 

अब यो गित माथी ईच्छुक प्रतिस्पधीले भिडियो बनाउन सक्नेछन् । 

यसरी बनाईएको भिडियोलाई रोजीको आधिकारी फेसबुक पेज (रोजी नेपाली फिचर फिल्म) को ईनबक्स पठाउने वा वालमा ट्याग गरेर सेयर पनि गर्न सकीने छ, भने प्रतिस्पर्धीले ईन्स्टाग्राम मार्फत पनि भिडियो पठाउन सक्नेछन् ।
  
निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले यसरी प्राप्त भएका भिडियोबाट छनोट गरेर ५० जनालाई आकर्षक उपहार प्रदान गर्ने छ भने उत्कृठ १० जनालाई कलाकारहरु सँग डिनर डेटमा पनि लैजाने छ । 

त्यसै गरी दोश्रो र तेश्रो हुनेलाई उनिहरुले रुचाएकै बिधामा कुनै एउटा फिल्म ईन्टिच्युटमा छात्रवृद्धि सहित पढाउने ब्यवस्था पनि गर्ने छ र प्रर्थम हुने बिजेतालाई नगद रु.एक लाखद्धारा पुरस्कृत गरीने छ ।

प्रतिस्पर्धीले पठाएका सम्पुर्ण भिडियोहरु गोपिकृष्ण मुभिजको युटुब च्यानलमा अपलोड गरीने भएकाले त्यसमा आएको भ्युअर्सको आधारमा बिजेता छनोट गरीने निर्माण कम्पनीले बताएको छ । 

Powered by Blogger.