(रेनी) अभिनेत्रीले मनाईन जन्म दिन !

प्रर्दशनको संघारमा रहेको चलचित्र रेनी की अभिनेत्री तथा लेखक सनम मल्लले आईतबार एक कार्यक्रमको आयोजना गरी जन्म दिन मनाएकी छिन् । 

उनले यो आफ्नो कती औं जन्म दिन हो भन्ने कुरा भने खुलाएकी छैनीन् ।

निर्माण टिम अहिले भदौ ८ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रको प्रचार प्रसारमा जुटेको छ ।

मितीको हिसाबले आफ्नो जन्म दिन भदौ ७ गते भए पनि तिथीले हिंजो आईतबार परेकाले आईतबार नै आफुले जन्म दिन मनाएको अभिनेत्री सनमले बताएकी छिन् ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको बताईएको यो चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन्, भने चलचित्रमा दीपक ढकाल,सरोज खनाल,सुरबिर पण्डीत,सनम मल्ल,टंक डुम्रे,बिजय तिखातारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.