हेर्नुस यस्तो छ, राम कहानी को ट्रेलर (भिडियो सहित)

चलचित्र राम कहानीले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरेको छ । 

भदौ २२ गतेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रलाई सुर्दशन थापा र पुजा शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन्, भने सुर्दशन थापाले नै निर्देशन गरेका छन् ।

मायाँ प्रेमको कथालाई प्रार्थमीकता दिने सुर्दशनले यो चलचित्रमा हाँस्य बिधालाई प्रार्थमीकता दिएको देखीन्छ ।

सुर्दशन थापा प्रोडक्सनको ब्यानरमा बनेको राम कहानीमा सौरभ लामाको छायांकन,कबिराज गहतराजको कोरीयोग्राफी,अर्जुन पोख्रेलको संगीत,मनोरञ्जन श्रेष्ठको रंग सम्योजन,बनिष शाह,मिलन श्रेष्ठको सम्पादन,महेश दवाडी,दिनेश न्यौपानेको पटकथा संवाद रहेको यो चलचित्रमा  पुजा शर्मा,आकास श्रेष्ठ,केदार घिमिरे,जितु नेपाल,राजाराम पौडेल,विल्सन बिक्रम राई लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

Powered by Blogger.