बन्ने भयो राधा २, प्रियंका कार्की फाईनल !

करिब २ वर्ष पहिले निर्माण र प्रर्दशन भएको चलचित्र राधाको सिक्वेल, राधा २ बन्ने भएको छ ।

बक्स अफिसमा राम्रै ब्यापार गरेको राधाको सिक्वेल राधा २ ले कस्तो ब्यापार गर्छ र समिक्षकबाट कस्तो प्रतिकृया पाउँछ भन्ने थाहा पाउनको लागी राधा २ को प्रर्दशन मिती सम्म कुर्नु पर्ने भएको छ ।

निर्माण कम्पनी रियल मोसन पिक्र्चस्ले प्रा.लि ले यो चलचित्रको मुख्य भुमिकाको लागी अभिनेत्री प्रियंका कार्की सँग सम्झौता गरेको कुरा सोमबार खुलासा गरेको छ ।

लिड रोलको लागी प्रियंका फाईनल भए पनि उनको अपोजीटमा रहेका २ जना पुरुष पात्रहरु छनोट गर्न भने बाँकी नै रहेको निर्माण पक्षले बताएको छ ।

प्रदिप भारद्धाजको लेखन रहेको यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गर्दैछन्, भने संजय न्यौपाने यो चलचित्रका निर्माता हुन् ।

चलचित्रमा बसन्त सापकोटा,दिपक शर्मा र महाराज थापाको संगीत रहने छ ।

राधा २ को भदौ २५ गतेबाट छायांकन सुरु हुने बताईएको छ ।

Powered by Blogger.