बन्ने भयो चलचित्र प्रेम चरी !

चलचित्र प्रेम चरी बन्ने भएको छ । भदौ एक गतेबाट छायांकन सुरु गरीने यो चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्ने भएका छन्, भने चलचित्रमा चन्द्र भट्टराईको कथा, ओम सुनुवारको संगीत,रामजि लामिछानेको कोरीयोग्राफी,पवन गौतमको छायांकन र रेवन्त थापाको एक्सन रहने छ ।

एस.बि.आर.फिलिम्स र आई.स्टार ईन्टरनेसनलको संयुक्त ब्यानरमा निर्माण हुने प्रेम चरीमा पुष्कर रेग्मी,रेश्मा सुबेदी,सपना ओली,संजय श्री र मनमोहन ठाकुरको मुख्य भुमिकामा अभिनय रहने छ । 

करिब ६० लाख लगानीमा तयार हुने यो चलचित्रलाई संजय श्री र मोनिका ठाकुरले निर्माण गर्दैछन् ।

Powered by Blogger.