भाले मोटरको कभर प्रतियोगीता हुने !

केही दिन पहिले रिलिज गरीएको चलचित्र निर्जलाको भाले मोटर बोल रहेको गितको कभर प्रतियोगीता हुने भएको छ । 

बाबुल गिरिको शब्द तथा संगीतमा बनेको भाले मोटर बोल रहेको गितमा सलिलसुन्दर श्रेष्ठ र सबनम आचार्यले स्वर दिएका छन्, भने भिडियोको कोरीयोग्राफी क्रान्ती केसीले गरेका छन् । 

प्रतियोगीले यो गितको कभर बनाएर साईराम पिक्र्चस्को ई मेल आईडीमा पठाउनु पर्ने छ । यसरी प्राप्त गरेका कभर गितहरुबाट प्रर्थम र दोश्रोलाई क्रमसः ५० हजार र ३० हजार नगद पुरस्कार निर्माण पक्षले प्रदान गर्ने छ ।

प्रकाश चन्द्र न्यौपानेले निर्माण गरेको चलचित्र निर्जलालाई राजु गिरिले निर्देशन गरेका छन्, भने चलचित्रमा सुभेक्क्षा थापा,किशोर खतिवडा,निक शर्मा,स्याम राई,पल्पसा ढंगोल,राजकुमार थापा,रस्मि भट्ट,राजेन्द्र गिरि,भिम खनाल लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.