लक्ष्मी (पौडेल) पोख्रेलले जितिन ब्राईडल मेकअप कम्पिटीसन २०१८ को उपाधी

ब्राईडल मेकअप कम्पिटीसन २०१८ को उपाधी लक्ष्मी पौडेल पोख्रेलले जितेकी छिन् । आफ्ना २३ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लक्ष्मीले यो उपाधी जित्न सफल भएकी हुन् । 

असार १५ गते सम्पन्न भएको यस प्रतियोगीताको उत्कृठ भए बाफत लक्ष्मीले ११ हजार १ सय ११ रुपैंया नगद सहित अन्य बिभिन्न किसिमका उपहार पनि जितेकी छिन् । त्यसै गरी यस प्रतियोगीतामा फस्र्ट रनरअप सोभा श्रेष्ठले ६ हजार ६ सय ६६ रुपैंया र सेकेन्ड रनरअप सोभा बस्नेतले ४ हजार ४ सय ४४ रुपैंया नगद सहित बिभिन्न पुरस्कार जित्न सफल भएकी छिन् ।

प्रतियोगीताको निर्णायकहरुमा बरिष्ठ ब्युटीसीयन डा.रज्यश्री श्रेष्ठ,रश्मीला श्रेष्ठ, नेपाल कस्मेटीस ब्यावसायी संघका अध्यक्ष रञ्जीत पौडेल,मेकअप आर्टीस्ट स्याम बराल लगायत रहेका थिए ।

यो प्रतियोगीताको आयोजना गिता ब्युटी सेक्रेट ब्युटी सैलुन,रोज सिप बिकास तालीम केन्द्र,रबिना ब्युटी सैलुन एण्ड तालीम केन्द्र,कलंकी ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर, ओम शान्ती ब्युटी सैलुन र विक्षण क्रियसनले संयुक्त रुपमा आयोजना गरेका थिए ।


Powered by Blogger.