यो हप्ता प्रर्दशन भएका चारओटै फिल्मलाई पोस्टरको पैसा उठाउन पनि सकस !

यो हप्ता नेपाली सिने बजारमा एकैसाथ चार फिल्मको भिडन्त भएको छ । गत हप्ता प्रर्दशन भएका तिन ओटै नेपाली फिल्मको ब्यापार अन्यन्त निरासा जनक रहेको थियो भने यो हप्ता पनि नेपाली सिनेबजारमा त्यस्तै हुने लगभग निश्चित देखीएको छ । 

एकै पटक चारओटा फिल्म प्रर्दशन हुँदा हल सँगै दर्शक बाँढीनु र गत बुधबारबाट प्रर्दशन भएका दुई हिन्दी फिल्मले हलहरु ओगडेर बस्नु नै नेपाली फिल्मका लागी अभिसाप भएको छ ।

निर्माताको लागी राम्रो पैसा आउने राजधानी तथा मोफसलका मल्टिप्लेक्स सिनेमा हलहरुमा आजबाट प्रर्दशन भएका फिल्महरु जय शम्भु,मिस्टर भर्जीन,ब्ल्याकले न्युन शो पाएका छन् भने र १२ मासेले कुनै पनि मल्टिप्लेक्स हलमा एक शो पनि पाएको छैन । यस हिसाबले हेर्दा यि चार फिल्महरुलाई लगानी उठाउन त टाढाको कुरा पोस्टरको पैसा उठाउन पनि निकै सकस हुने अनुमान लगाईएको छ । 

एक्सन लभ स्टोरी कथावस्तुमा निर्माण भएको जय शम्भुलाई जुना फिलिम्स र एसीया ईन्टरटेन्मेन्टको ब्यानरमा दिनेश शाही,चक्र तामाङ्ग,अरबिन्द्रमान शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन भने चलचित्रमा रुपेश तामाङ्गको निर्देशन र अनुपबिक्रम शाही,प्रशान्त ताम्राकार,वर्षा सिवाकोटी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

त्यस्तै अर्को चलचित्र ब्ल्याकमा आकास श्रेष्ठ र आँचल शर्माले मुख्य भुमिकामा अभिनय गरेका छन्, भने चेतन पाण्डे र आश्मा पाण्डेले यो चलचित्रलाई निर्माण गरेका हुन् । ब्ल्याकलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका छन् ।

यौन मनोविज्ञानमा आधारीत बताईएको चलचित्र मिस्टर भर्जीनलाई वल्र्डवाईड फिल्म डिष्ट्रिब्युसनको ब्यानरमा निर्माण गरीएको छ, भने भोलाराज सापकोटा,विजय बराल,मरिष्का पोख्रेल लगायत कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन् । चलचित्रलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् ।

आमा पार्वतीदेवी फिलिम्सको ब्यानरमा निर्माण भएको चलचित्र १२ मासेलाई लय संग्रौलाले निर्देशन गरेका हुन, भने यो चलचित्रमा जयकिसन बस्नेत,पुजना प्रधान लगायत कलाकारहरुले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

Powered by Blogger.