कायराले छोडेन हल, आजबाट रिलिज भएका तिनओटै चलचित्रको बिचल्ली !

गत सुक्रबारबाट प्रर्दशन भएको चलचित्र कायरा आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो दिन देखी बम्पर ब्यापार गर्न नसके पनि यो चलचित्रले एउटै रफ्तारमा औषत ब्यापार गरीरहेको छ । 

दोश्रो हप्ता पनि यो चलचित्रले नेपाली चलचित्रको ठुलो बजार मानीएका काठमान्डौ, पोखरा, नारायणघाट, बुटवल, धरान,ईटहरी,दमक लगायत २५ ओटा हलमा प्रर्दशन गरीरहेको छ  । 

कायराले दोश्रो हप्तामा पनि ठुला हल र ठुला स्थान ओगटेर बस्दा आजबाट प्रर्दशन भएका तिन चलचित्रहरु टिनएज,कहीं कतै र पिरिम पर्याछ बिचल्लीमा परेका छन् । 

यि तिन चलचित्रले राजधानी तथा मोफसलका कुनै पनि मल्टीप्लेक्स सिनेमा हलमा एक शो पनि पाएका छैनन् । 

सिंगल थिएटमा मात्रै सिमित रहेका यि तिनै चलचित्रलाई निर्माताको लगानी त टाढाको कुरा हलको भित्तामा टाँसेको पोस्टरको पैसा उठाउन समेत मुस्कील पर्ने अनुमान सिने पण्डितहरुले लगाउन थालेका छन् ।

आर्यन सिग्देल र साम्राज्ञी शाह अभिनित कायराले दोश्रो हप्तामा पनि मल्टिप्लेक्स सिनेमा हलमा आफ्नो उपस्थिती कायमै राखेको छ । यो चलचित्रलाई दोश्रो हप्ताको पहिलो सुक्रबार क्युएफएक्स च्यानलले ५ शो दिएको छ , भने अन्य मल्टीप्लेक्स हलहरुमा पनि सोही अनुपातमा शो पाईरहेको बितरक सुनील मानन्धरले बताएका छन् । 

आजबाट प्रर्दशन भएको चलचित्र टिनएजलाई दिनेश पाख्रीनले निर्देशन गरेका हुन्, भने नरेश बिरशिंह,एजिला खड्गी,कृष्ण सिवाकोटी लगायत कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन् । 

त्यसै गरी अर्को चलचित्र पिरिम पर्या छ लाई पुरन थापाले निर्देशन गरेका हुन भने, जयकिशन बस्नेत,दिलिप रायमाझी,रमेश बुढाथोकी,सुभेक्क्षा थापा लगायत कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन् । 

दिलिप रायमाझीकै अभिनय रहेको अर्को चलचित्र कही कतैले पनि आजैबाट प्रर्दशन आरम्भ गरेको छ । सबिर श्रेष्ठद्धारा निर्देशीत कहीं कतैमा दिलिप सँगै शिवानी गिरि,सोनम बरफुङ्गपा लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

गत हप्ता देखी यो हप्ता सम्म कुनै पनि ठुलो बिदेशी चलचित्र नआउँदा नेपाली चलचित्रलाई केही फाईदा भने पक्कै पुगेको छ ।

Powered by Blogger.