(रोज) अब मोफसल दौडाहमा जाने !

भदौ २२ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ‘रोज’ ले प्रचार प्रसारको लागी देश दौडाह कार्यक्रमको घोषणा गरेको छ । 

आईतबार चलचित्र निर्माण कम्पनी गोपीकृष्ण मुभिजले देशका मुख्य आठ शहरहरुमा प्रचार प्रसार कार्यक्रम गर्ने बताएको छ । 

क्राईम थ्रिलर जनरामा निर्माण भएको चलचित्र रोज प्रर्दशन हुन केही हप्ता बाँकी रहँदा रोजीबाट रोज भएको हो । 

मोफसल प्रचार प्रसारमा निर्माण पक्ष सँगै चलचित्रका मुख्य अभिनेता प्रदिप खड्का,अभिनेत्रीहरु मिरुना मगर,गायक प्रताप दास लगायतका कलाकारहरुको उपस्थिती रहने बताईएको छ । 

रोज ले मोफसल प्रचार प्रसारको सुरुवात पोखराबाट गर्ने छ । यो टिम भदौ १४ मा पोखरा,१५ मा बुटवल,१६ गते नारायणघाट,१७ गते ईटहरी,१८ गते दमक र बिर्तामोड हुँदै २० गते काठमान्डौ फर्कने छ । 

निरक पौडेलको निर्देशनमा बनेको यो चलचित्रलाई गोपीकृष्ण मुभिज र आरोही ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Powered by Blogger.