चलचित्र (रोजी) बन्यो रोज !

चलचित्र रोजीको नाम परिवर्तन गरेर रोज बनाईएको छ  । निर्माण अघि देखीनै बिवादमा रहेको यो चलचित्र रोजी मर्हन हत्या काण्ड सँग जोडीएको भन्दै मृतक रोजीको परिवारले पटक पटक नाम परिर्वतन गर्न दवाब दिएपछि प्रर्दशनको संघारमा आएर यो चलचित्रको नाम परिर्वतन गर्नु परेको बताईएको छ । 

भदौ २२ गतेबाट प्रर्दशन हुने यो चलचित्रलाई अब भने रोजी परवारले कुनै पनि बाधा अड्चन नल्याउने सहमती भएको छ । 
बिहिबार चलचित्र विकास बोर्डमा रोजी निर्माण पक्ष र मृतक रोजी महर्जनको परिवार बिच भएको बर्ताबाट निर्माण पक्षले चलचित्रको नाम परिर्वतन गर्नु पर्ने सँगै चलचित्रमा सत्य घटनामा आधारीत भन्ने शब्द पनि राख्न नपाउने भएको छ । निर्माण पक्षले यती गरे सँगै रोजी परिवारले पनि यो चलचित्र प्रदर्शनमा कुनै बाधा अड्चन नल्याउने सहमती भएको छ । 

निर्देशक निरक पौडेलले भने ः कानुनी रुपमा आफुहरु माथी हुँदा हुँदै पनि कसैको संवेदना माथी ब्यापार गर्न नचाहेकाले सहजै नाम परिर्वन गर्न आफुहरु राजी भएको प्रतिकृया दिएका छन् । 


गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो चलचित्रमा प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय गरेका छन् ।

Powered by Blogger.