रोजीले गर्यो पत्रकार भेटघाट कार्यक्रम !

भदौं २२ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र रोजी टिमले आईतबार साँझ पत्रकारहरु सँग भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा अभिनेता प्रदिप खड्का, अभिनेत्रीहरु मिरुना मगर,परमिता राणा,निर्देशक निरक पौडेल लगायत उपस्थित भएका थिए ।

रोजी अपराधीक कथा वस्तुमा निर्माण भएको चलचित्र हो ।

कार्यक्रममा अभिनेता प्रदिपले, आफुले अहिले सम्म गरेका अन्य चलचित्र भन्दा रोजी निकै फरक रहेको बताएका छन् । रोजीबाट दर्शकले फरक स्वाद पाउने कुरामा पनि आफु ढुक्क रहेको उनले बताएका छन् ।  

आफ्नो कामलाई जिवन्त बनाउनको लागी आफुहरुले कुनै कसर बाँकी नराखेको दुई अभिनेत्रीहरु मिरुना मगर र परमिता राणाले दाबी गरेका छन्, भने निर्देशक निरक पौडेलले पनि रोजी मार्फत दर्शकलाई न्याय गर्ने बताएका छन् । 

निर्देशक पौडेलले रोजी स्तरीय चलचित्र बनेकाले ढुक्क भएर हल सम्म पुग्न पनि आग्रह गरेका छन् ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र रोजीलाई नेपाल र टर्कीमा छायांकन गरिएको हो ।

Powered by Blogger.