एक साथ रेनीको गित र ट्रेलर रिलिज (भिडियो सहित)

भदौ ८ गतेबट प्रर्दशन हुन लागेको चलचित्र रेनी ले आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर र गित रिलिज गरेको छ ।

त्रिकोणात्म प्रेम कथामा निर्माण भएको बताईएको यो चलचित्रलाई बिमला मल्ल र संजीब मल्लले निर्माण गरेका हुन भने गिरिश रिजालले यो चलचित्रको निर्देशन गरेका छन् ।

रिलिज गरिएको गितमा अभिनेता दिपक ढकाल र अभिनेत्री सबनम मल्ललाई प्रस्तुत गरिएको छ, भने मदन खड्काले कोरीयोग्राफी गरेका छन् ।

रेनी मा सरोज खनाल,दिपक ढकाल,सबनम मल्ल,सुरबिर पण्डीत,बबिता लम्साल,रमेश लम्साल,गुरु भुटिया,टंक डुम्रे,बिजय तिखातारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

शाही मल्ल फिलिम्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।



Powered by Blogger.