यस्तो छ, निर्जला को भाले मोटर !

चलचित्र निर्जललाको पहिलो गित भाले मोटर रिलिज भएको छ । असोज ११ गतेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो गित रिलिज गरेको हो ।

भाले मोटरमा दिनेश सुबेदी, राम रुवालीको शब्द,बाबुल गिरिको संगीतमा शालिल सुन्दर श्रेष्ठ र सबनम  आचार्यको स्वर रहेको छ, भने भिडियोमा सुभेक्क्षा थापा,किशोर खतीवडा र निक शर्मालाई प्रस्तुत गरीएको छ ।

चन्द्र प्रकाश न्यौपाने प्रस्तुतकर्ता रहेको निर्जलालाई राजु गिरिले निर्देशन गरेका छन्, भने कार्यकारी निर्माताको रुपमा सुभेक्क्षा थापा रहेकी छिन् । चलचित्रमा सुभेक्क्षा,किशोर, निक सँगै स्याम राई, पल्पसा ढंगोल,रश्मी भट्ट,राजकुमार थापा,राजेन्द्र गिरि,भिम थापा लगायत कलाकारहरुले अभिनय गरेका छन् । 



Powered by Blogger.