मोफसलमा यसरी प्रचार प्रसार गर्दै छ, जय शम्भु ले !

भदौ १ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र जय शम्भुले प्रचार प्रसारलाई तिब्र बनाउँदै लगेको छ । यसै क्रममा निर्माण पक्ष अहिले कलाकारहरुको टिम सहित मोफसल टुरमा गएको छ । 

सुक्रबार पोखरा पुगेर कार्यक्रम गरेको जय शम्भु टिम त्यहाँबाट बुटवल हुँदै नारायणघाट, हेटौडामा कार्यक्रम गरेर २८ गते काठमान्डौ फर्कने जानकारी निर्माण पक्षले गराएको छ । 

यो टुरमा निर्माण पक्षका सदस्यहरु सँगै चलचित्रका मुख्य कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा सिवाकोटीको पनि उपस्थिती रहेको छ ।
  
एक्सन लभस्टोरी जनरामा निर्माण भएको बताईएको यो चलचित्रलाई दिनेश शाहीले प्रस्तुत गरेका छन्, भने अरविन्द्रमान शाक्य निर्माता,चक्र पाख्रीन कार्यकारी निर्माता र कुशल शर्मा,शिक्षा काफ्ले सह निर्माताको रुपमा रहेका छन् ।

हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको चलचित्र जय शम्भुलाई रुपेश तामाङ्गले निर्देशन गरेका हुन्, भने चलचित्रमा प्रशान्त, अनुप र बर्षा सँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना लगायतका कलाकारहरुले अभिनय गरेका छन् । 


Powered by Blogger.