रिलिज भयो, बाँध मायाँले को शिर्ष गित(भिडियो सहित)

असोज ५ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र बाँध मायाँले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी शिर्ष गित रिलिज गरेको छ ।

अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको यो गितमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको छ ।

काईट्स ईन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा रामहरी धिताल,विभिषिका श्रेष्ठ र केदार धितालले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका छन् ।

चलचित्रमा बाबु श्रेष्ठको छायांकन,रामजि लामिछाने र कविराज गहतराजको कोरीयोग्राफी,रोशन श्रेष्ठको द्धन्द, अर्जुन पोख्रेलको संगीत रहेको छ, भने आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ,राजाराम पौडेल,रविन्द्र प्रताप शेन र बिशाल चाम्लीङ्गको अभिनय रहेको छ । 

Powered by Blogger.