(मोडल हन्ट नेपाल २०१८) को लागी ५० प्रतियोगी छनोट !

शनिबारको छनोट कार्यक्रमबाट मोडल हन्ट नेपाल २०१८ को लागी ५० प्रतियोगीहरु छनोटमा परेका छन् । 

अभिनेता तथा र्याम्प कोरीयोग्राफर प्रशान्त ताम्राकार,फोटोग्राफर राजभाई सुवाल,कोरीयोग्राफर रोजिन शाक्य,मोडल तथा अभिनेत्री श्रृजना रेग्मी,बिक्रम आदित्य महासेठ,सिम्रन खड्काको निर्णायक मण्डलले २५ महिला र २५ पुरुष गरी ५० जनालाई अन्तीम प्रतिस्पर्धाको लागी छनोट गरेको हो ।

युवा युवतीको क्षमता बिकास,आत्म बिस्वास, ब्याक्तित्व बिकास गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरीएको आयोजक संस्था डल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताएकी छिन् ।


अन्तीम प्रतिस्पर्धाको लागी छानीएका युवा युवतीहरुलाई प्रशान्त ताम्राकार,रोजिन शाक्य,माल्भिका सुब्बा,राजभाई सुवाल,अनिल केशरी शाहले प्रशिक्षण दिनेछन् ।

बिगत ४ वर्ष देखी निरन्तर हुँदै आएको यो प्रतियोगीतामा प्रर्थम हुने ले नगद एक लाख रुपैंया र उत्कृष्ठ ३ भित्र पर्न सफलले रियानामा आयोजना हुने लक्जरी ब्राण्ड मोडल अर्वाड समारोहमा भाग लिने अवसर सँगै आईसी कलेज अफ आर्ट एण्ड फेसन गुलविल एम्बेस्टर बन्ने अवसर प्राप्त गर्ने छन् ।

Powered by Blogger.