सुरु भयो मिस्टर भर्जिनको मोफसल टुर !

भदौ एक गतेबाट प्रर्दशन हुन लागेको चलचित्र मिस्टर भर्जिनले प्रचार प्रसारलाई तिब्र बनाउँदै लगेको छ । 

यसै क्रममा निर्माण पक्ष कलाकारहरुको टिम सहित मोफसल दौडाहमा गएको छ । मिस्टर भर्जिन टिमले आईतबार ४ बजे पोखरा स्थित मिड टाउन सिनेमा हल अगाडी सांगीतीक कार्यक्रम गरेर मोफसल प्रचार प्रसारलाई प्रारम्भ गरेको छ ।

मोफसल दौडाहमा चलचित्रका कलाकारहरु गौरब पहाडी,मरिस्का पोख्रेल, कमलमणी नेपाल, रबिन्द्र झा सहित गायक गायीकाहरु प्नि सहभागी भएका छन् ।

पोखरा हुँदै यो टिम चितवन,बुटवल,हेटौडा,बिर्तामोड,धरान,दमक हुँदै काठमान्डौ फर्कने छ ।

वल्र्ड वाईड फिल्म डिष्ट्रिब्युसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् ।

Powered by Blogger.