‘मिस नेपाल यु एस ए २०१८’ सम्पन्न !

अमेरीकाको टेक्सास शहरमा एक भब्य कार्यक्रम सहित सम्पन्न भएको छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जित्न सफल भएकी छिन् । 

उनले १६ प्रतियोगीलाई पछि पार्दै यो उपाधी जित्न सफल भएकी हुन् । यो सँगै उनले उपाधि शिर्ष उपाधिका साथ मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारेकी छिन्  ।

त्यसै गरी फस्टरनरअफ टेक्ससकी २२ वर्षिय पोसा घर्तीमगर जितेकी छिन्, भने सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षिया कृति ढुंगेलले जितेकी छिन् । फस्टरनरअपको उपाधी जितेकी घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भएकी छिन् । 

कार्यक्रममा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनेकी छिन् भने उनले यो सँगै सोर्वे फाउण्डेशनको सद्भावना दुत बन्ने अवसर समेत प्रप्त गरेकी छिन् । यसैगरि अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पार्न सफल भएका छन् । 

सन् २०११ मा अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको यो प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।

Powered by Blogger.