सकीयो कस्मिक लभको छायांकन ४५ प्रतिशत !

चलचित्र कस्मिक लभको छायांकन ४५ प्रतिशत सकीएको निर्माण पक्षले जानकारी गराएको छ । 

निर्माण पक्षका अनुसार अबको २५ दिनमा यो चलचित्रको छायांकन पुरा हुनेछ र पोष्टप्रोडक्सनको काम सुरु हुने छ ।

सुरज प्रधानको प्रस्तुती रहेको यो चलचित्रमा जय गौतम निर्माता,मदन ताम्राकार कार्यकारी निर्माता र विकास शिंह पुजारी सह निर्माताको रुपमा रहेका छन् । 

कस्मिक लभलाई एस.के अधिकारी र बि एस बलामीले संयुक्त रुपमा निर्देशन गरीरहेका छन्, भने एस.के अधिकारी र शेखर ज्ञवालीको लेखन,बाबुल गिरिको संगीत, राहुल राईको छायांकन,बाबु साहेबको एक्सन, रामजि लामिछाने र कबिराज गहतराजको कोरीयोग्राफी रहेको छ । 

चलचित्रमा प्रशान्त ताम्राकार,अपर्ण थापा,दिया मास्के,रिजन थापा,पुजन थापा, रबिन तामाङ्ग,राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Powered by Blogger.