कायराले गर्यो विषेश शो को आयोजना !

गत सुक्रबारबाट प्रर्दशन भएको चलचित्र कायराले मंगलबार विषेश शो को आयोजना गर्यो । उक्त शो मा चलचित्र हेर्न पत्रकार देखी चलचित्रकर्मी सम्मको उल्लेखनीय उपस्थिती रहेको थियो । 

चलचित्र हेरीसकेपछि पत्रकार तथा चलचित्रकर्मीहरुले कायरा अलि बढि लामो र सुस्त भएको प्रतिकृया दिएका छन्, भने समग्रमा यत्तीको चलचित्रलाई नराम्रो भन्न नमिल्ने पनि बताएका छन् । 

कायराले निर्माताको लागनी सुरक्षीत गर्ने कुरामा आफु ढुक्क रहेको बितरक सुनिल मानन्धरले बताएका छन् । उनका अनुसार गएको हप्ता देखी आउने हप्ता सम्म कुनै पनि ठुलो बिदेशी चलचित्र नभएकाले कायरालाई धेरै फाईदा पुगेको छ । 

अभिनेता आर्यन सिग्देल आफैले निर्माण गरेको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन्, भने आर्यन सिग्देल,साम्राज्ञी शाह,शिशिर राणा,हितेश शर्मा,मरिषा श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

Powered by Blogger.