सिनेबजारको मन्दीलाई तोड्दै कायरा !

सुक्रबारबाट प्रर्दशन भएको चलचित्र कायराले आषाजनक ब्यापार गर्न सकेको समाचार प्राप्त भएको छ । लामो समय देखी नेपाली सिनेबजारमा आएको मन्दीलाई यो चलचित्रले तोडेको बताईएको छ । 

पछिल्लो समय दर्शकको रोजाईमा परेकी अभिनेत्री साम्राज्ञी शाह र करिब एक वर्षको अन्तराल पछि आएका आर्यन सिग्देलको जोडी यो चलचित्रबाट जम्ने देखीएको छ ।

कायराका बितरक सुनील मानन्धरका अनुसार सुक्रबार यो चलचित्रको अल नेपाल ६० प्रतिशत अकुपेन्सी रहेको छ भने शनिबार बिहान ९० प्रतिशतमा रहेको छ । 

सुक्रबार राम्रो ब्यापार गरेको चलचित्रले शनिबार त्यसै पनि राम्रो ब्यापार गर्छ तर चलचित्रले निर्माताको लगानी सुरक्षीत गर्ने नगर्ने भन्ने कुरा चाई आईतबार पछिको ब्यापारले मात्रै टुंगो लगाउने गर्दछ । 

निर्माण पक्षका अनुसार प्रेम कथा मनपराउने दर्शकको लागी कायरा राम्रो खुराक हुने छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको यो चलचित्रलाई आर्यन सिग्देल,लक्ष्मण रिजाल,राजकुमार भट्टराई,दिनेश थापा र दिवस पराजुलीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोख्रेल,कल्याण शिंहको संगीत,बनिश शाह,मिलन श्रेष्ठको सम्पादन,शिबराम श्रेष्ठको छायांकन,प्रविण शिंहको कोरीयोग्राफी रहेको छ ।

Powered by Blogger.