लामो समय पछि सिनेमा हलमा आर्यन सिग्देल !

करिब एक वर्ष पहिले प्रर्दशन भएको चलचित्र रुद्र प्रिया पछि सिनेमा हलको पर्दाबाट हराएका अभिनेता आर्यन सिग्देल आजको सुक्रबारबाट पुनः पर्दामा देखीएका छन् । 

अभिनेता आर्यन आफैले निर्माण गरेको र मुख्य भुमिकामा आफै अभिनय गरेको चलचित्र कायरा दर्शक माझ आएको छ । 
यो चलचित्रलाई दर्शकले कत्तीको रुचाउँछन्, भन्ने कुरा भने केही दिन मै थाहा हुने छ । तर कायरालाई नेपाली चलचित्र क्षेत्रले भने एउटा आषाजनक चलचित्रको रुपमा लिएको छ ।

कायरामा आर्यन सँगै साम्राज्ञी शाहले पनि अभिनय गरेकी छिन् । 

आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र आर.एण्ड आर प्रोडक्सनको ब्यानरमा निर्माण भएको कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

कायरामा आर्यन र साम्राज्ञी सँगै शिशिर राणा,हितेश शर्मा,सुरेश न्यौपाने,मरिशा श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेका  छन् ।

Powered by Blogger.