काठमान्डौं फर्कियो जय शम्भु टिम !

चलचित्र जय शम्भु टिम काठमान्डौं फर्किएको छ । केही दिन अगाडी मोफसल प्रचार प्रसारमा गएको टिम पोखरा,बुटवल,नारायघाट हुँदै हेटौडा सम्म पुगेर काठमान्डौं फर्किएको बताईएको छ ।

मोफसल प्रचार प्रसारमा निर्माण पक्षका सदस्यहरु सहित कलाकारहरु प्रसान्त ताम्राकार,अनुप बिक्रम शाही र वर्ष सिवाकोटी पनि गएका थिए । 

एक्शन लभस्टोरी बताईएको यो चलचित्र भदौ १ गतेबाट प्रर्दशन हुँदै छ । 

एक्सन लभस्टोरी रुचाउने दर्शकको लागी जय शम्भु राम्रो खुराक बन्ने निर्माण पक्षले दाबी गरेको छ । 

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । त्यसै गरी सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले रहेका छन् । यो चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन्, भने चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । 

Powered by Blogger.