ईन्टु मिन्टु लण्डनमा को शिर्ष गित रिजिल (हेर्नुस भिडियो सहित)

चलचित्र ईन्टु मिन्टु लण्डनमाले मंगलबार शिर्ष गित रिलिज गरेको छ । रिलिज गरीएको यो गितमा सुजिल कर्माचार्यको शब्द,संगीत तथा स्वर रहेको छ, भने यो गितको भिडियोमा अभिनेत्री साम्राज्ञी शाह र डेब्यु अभिनेता धिरज मगरलाई प्रस्तुत गरीएको छ । 

असोज ५ गतेबाट प्रर्दशन हुन लागेको ईन्टुमिन्टु लण्डनमा लाई रेनेशा बान्तवा राईले निर्देशन गरेकी हुन । 
आईकोर फिलिम्सको ब्यारनमा निर्माण भएको यो चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्जवल शमशेर जबरा निर्माता र सुलेखा राई,बसन्त तामाङ्ग,सुष्मिता जिरेल सह निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा धिरज र साम्राज्ञी सँगै शाहरुख ताम्राकार,दिल भुषण पाठक,रुवि राणा,विजय लामा लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने अभिमन्यु दिक्षित र रेनेशा बान्तवा राईको लेखन,शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको छ ।

Powered by Blogger.