हुने भयो (सोसियल मिडिया अवार्ड २०७५)

ड्रिम वर्ड अफ् फिल्म मेकस् कम्पनीले सामाजीक संजनलमा प्रस्तुत हुने चलचित्र,बृत्तचित्र,विज्ञापन चलचित्रहरुलाई मध्यनजर गरेर सोसियल मिडिया फिल्म अर्वाड २०७५ आयोजना गर्ने भएको छ । 

आयोजक कम्पनी ड्रिम वल्र्ड अफ फिल्म मेर्कसकी अध्यक्ष सवनम मुखियाका अनुसार मुलधारका सिनेमा,गित संगीत लगायतका अर्वाड भैरहेको अवस्थामा आफुले केही फरक गर्ने उद्देश्यले यो अवार्ड गर्न लागेको बताएकी छिन् ।

यो अर्वाडमा छोटा चलचित्र अन्तर्गत उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिने छ ।

त्यसै गरी बृत्तचित्र अन्तर्गत उत्कृष्ट बृत्तचित्र, जनचेतना मुलुक बिज्ञापन अन्तर्गत उत्कृष्ट पिएसए एड बिधामा अवार्डका लागि प्रतिस्पर्धा हुने छ । 

यस्तै सोसियल मिडियो अन्तर्गत बेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल, बेस्ट युट्युव भिडियो, बेस्ट च्यालेन्जिङ न्युज लाईभ, बेस्ट इन्करेजमेन्ट म्युजिकली, बेस्ट ट्रोल र पब्लिक च्वाईस अवार्ड प्रदान गरिने छ । शोशियल मिडियासँग सम्बन्धि एक विशिष्ट व्यक्ति र एकजना सिने सञ्चारकर्मीलाई सम्मानित पनि गरिने छ । 

Powered by Blogger.