हेटौडाको ओम्याक्स हलमा आगजनी,करोडौंको क्षती !

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगजनी भएको छ । 

चलचित्र निर्माता तथा बितरक नरेन्द्र मर्हजनले चलाउँदै आएको उक्त सिनेमा हलमा बुधबार बिहान आगजनी भएको हो । अहिले यो चलचित्र हलमा चलचित्र कार्यरा प्रर्दशन भैरहेको थियो । 

बुझिए अनुसार अहिले यो हलको सिट मर्मतको काम भैरहेको थियो र यसै क्रममा वेल्डीङ्ग गर्दा आगोको झिल्काले कार्पेट तथा अन्य बस्तुमा भेटेपछि आगजनी भएको अनुमान लगाईएको छ ।

यो आगजनीबाट हलको कुनै पनि बस्तुन नबचेको र करोडौं क्षती भएको बुझिएको छ । 

बिस्तृत बिवरण भने अझै आउने बाँकी रहेको छ ।


Powered by Blogger.