बन्ने भयो, चलचित्र (दाल भात तरकारी) !

चलचित्र दाल भात तरकारी बन्ने भएको छ । चलचित्र शत्रु गतेको ब्यावसायीक सफलता पनि मह संचारले दाल भात तरकारी निर्माण गर्ने औपचारी घोषणा गरेको छ । 

यो चलचित्रबाट कलाकार तथा निर्माता किरण केसी पुत्र सुदन केसीले चलचित्र निर्देशनमा डेब्यु गर्दै छन् । 

किरण केसी प्रस्तुतकर्ता रहने दाल भात तरकारीमा यमन श्रेष्ठ,प्रमिला आचार्य,सुमित मैनाली,शिबहरी पौडेल,दिर्घ गुरुङ्ग,राजाराम पौडेल,नरेन्द्र कंसाकार,अनुराग कुँवर र विल्सन बिक्रम राई निर्माताको रुपमा रहने छन् ।

मंसीर पहिलो साताबाट छायांकन सुरु गरीने यो चलचित्रको कथा,पटकथा,संवाद हरिबंस आचार्यले लेखेका छन्, भने चलचित्रमा सम्भुजीत बाँसकोटाको संगीत,मित्र गुरुङ्गको सम्पादन,दिर्घ गुरुङ्गको छायांकन,कविराज गहतराजको कोरीयोग्राफी रहने छ । 

२०७६ साल बैशाख १३ गतेबाट प्रर्दशन हुने दाल भात तरकारीमा मान्छेले दाल भात तरकारी खानको लागी गर्ने संर्घषको कथा रहेको बताईएको छ । 

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ,हरिवंस आचार्य,निरुता शिंह,पुष्प खड्का,स्वस्तिमा खड्का,वर्षा राउत,प्रियंका कार्की,राजाराम पौडेल,बसुन्धरा भुषाल,शिशिर वांङदेल,किरण केसी,विल्सन बिक्रम राई लगायत कलाकारहरुले अभिनय गर्ने छन् ।



Powered by Blogger.