अबको एक हप्ता सम्म सबै सिनेमा हल बन्द हुने !

तामिलनाडुका पुर्व मुख्यमन्त्री तथा चलचित्र प्रेमी एम करुणानीधीको निधनले आज तामिलनाडुको फिल्म ईन्डष्ट्री सोकमा डुबेको छ ।

उनको निधन पछि तामिलमा प्रर्दशन भैरहेका सम्पुर्ण चलचित्रको प्रर्दशन रोकीएको छ, भने आजको दिनबाट एक हप्ता सम्म तामिलनाडुमा मनोरञ्जन सम्बन्धी कुनै कार्यक्रम नहुने भएका छन्, भने एक हप्ता सम्म त्यहाँका सम्पुर्ण सिनेमा भवनहरु पनि बन्द गरीने छन् ।

त्यसैगरी तामिलनाडुको राज्य सरकारले करुणानीधीको निधनमा सोक मनाउँदै एक हप्ता सम्म त्यहाँ रक्सीको किनबेचमा पनि प्रतिबन्ध लगाएको छ, भने लामो दुरीमा चल्ने सम्पुर्ण सवारी साधनहरुको आवतजावतमा पनि रोक लगाउने निर्णय गरेको छ ।

तमिलनाडुका सुपर स्टार रजनीकान्तले करुणानीधी प्रती सोक ब्यक्त गर्दै- उनको निधनले सिंगो तामिलनाडुलाई ठुलो क्षती पुगेको र यो कालो दिनलाई आफुले कहिले बिर्षन नसक्ने बताएका छन् ।

Powered by Blogger.