‘छिरिङ’ को पहिलो गीत, तिमीले मायाँमा......., रिलिज (भिडियो सहित)

असोज १२ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र ‘छिरिङ’ले पहिलो गीत ‘तिमीले त मायामा...’ रिलिज गरेको छ । 

यशकुमारको शब्द,संगीत र स्वर रहेको यो गितमा यशलाई गायीका विन्दु परियारले साथ दिएकी छिन् । 

यो गीतको भिडियोमा गायकबाट अभिनेता बनेका निमा रुम्बा र डेब्यु अभिनेत्री कामना भुजेललाई प्रस्तुत गरीएको छ ।  

गित तिमीले त मायँमा.....,लाई हिमालपारि मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीमा छायांकन गरीएको छ । 


निर्माण पक्षका अनुसार चलचित्र छिरिङ्ग बहुपति प्रर्था माथी बनेको चलचित्र हो । उपल्लो मुस्ताङ्गमा हाल सम्म पनि बहुपति प्रर्था कायम रहेको बताईएको छ ।

गायकबाट अभिनेता बनेका यशकुमार यो चलचित्रबाट निर्देशक पनि बनेका छन्, भने यो चलचित्रलाई सुनिल माथेमा प्रधान,आईबी दर्नाल र नबिन बुढाथोकीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा यशकुमार र यम थापाको लेखन,मानकृष्ण मर्हजनको छायांकन,मिलन श्रेष्ठ र साहील खानको सम्पादन रहेको छ ।



Powered by Blogger.