चंगा चेटको (गोजीमा दाम छैन....,) रिलिज (भिडियो सहित)

कार्तिक १६ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र चंगा चेटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी पहिलो गित गोजीमा दाम छैन....., रिलिज गरेको छ । 

यो गितमा हरिहर तिमल्सिनाको शब्द तथा राजनराज सिवाकोटीको संगीतमा राजनराज,ग्रिष्मा सिवाकोटी र मेलीना राईको स्वर रहेको छ । 

त्यसै गरी यो गितको भिडियोलाई प्रविण शिंहले कोरीयोग्राफी गरेका छन्, भने प्रियंका कार्की,सन्दिप क्षेत्री,सुरक्षा पन्त,आयुषमान देशराज श्रेष्ठ र परमिता राणाले नृत्य गरेका छन् । 

दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र चंगा चेटलाई माधवराज वाग्ले र सर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन्, । 

चलचित्रमा राजनराज सँगै अर्जु पोख्रेलको संगीत,दिर्घ खड्काको सम्पादन र निरज कंडेलको छायांकन रहेको छ । 
गित रिलिज कार्यक्रममा चलचित्रको निर्माण पक्ष सँगै सम्पुर्ण कलाकारहरुले चंगा चेट साँच्चीकै उत्कृष्ठ चलचित्र बनेको दाबी गरेका छन् । 

Powered by Blogger.