मुगलबाट निकालीए अक्षय कुमार !

केही समय यता चलचित्र मुगल निर्माणको चाँजो पाँजोले बलिउडमा निकै चर्चा पाएको छ । 

टिसिरिज कम्पनीका मालिक गुलशन कुमारको जिवनामा आधारीत यो चलचित्रलाई गुलशनका छोरा भुषण कुमार र अमिर खानले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

निर्माण पक्षले सुरुमा गुलशनको रोलमा अक्षयलाई काम गराउने भनेर अक्षय सँग कुरा गरेता पनि अन्तमा अक्षय सँग सम्झौता हुन सकेन । अक्षयले भारतीय संचार माध्यमहरुलाई बताए अनुसार स्क्रिप्टमा दुई पक्ष बिच कुरा मिल्न सकेन र अक्षय यो चलचित्रबाट बाहीरीएका छन् । 

अब भने निर्माण पक्ष यो चलचित्रका लागी रणबिर कपुर सँग कुरा अगाडी बढाउने तयारीमा रहेको छ । तर अक्षय भने गुलशन कुमारको रोलमा आफुले जती राम्रो काम अरुले गर्न नसक्ने दाबी गरीरहेका छन् ।

Powered by Blogger.