अब रणबिर शिंह र रणबिर कपुरको भिडन्त हुने !

बलिउड अभिनेताद्धय रणबिर शिंह र रणबिर कपुर बिच भिडन्त हुने भएको छ । बलिउड फिल्म मेकर करण जोहारले निर्माण गर्ने नयाँ (नाम तय नभैसकेको) फिल्मा यि दुई एक अर्का सँग भिड्ने भएका छन् ।

बलिउडमा निर्माण भएका ऐतीहासीक फिल्महरु जोधा अकबर,बाजीराव मस्तानी,पद्मावत लगायतका फिल्महरु बक्स अफिसमा हिट भएपछि करण पनि अहिले ऐतीहासीक फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । 

करणले निर्माण गर्ने यो फिल्मको कथा योद्धा द्धय दारा शिकोह र औरंजेव बिचको युद्धको वरिपरी घुम्ने छ, भने यो कथा १६५५८ को हो । 

करणले औरंजेवको रोलमा रणबिर शिंहलाई एग्रीमेन्ट गरेका छन्, भने दारा शिकोहको रोलमा रणबिर कपुरलाई एग्रीमेन्ट गरेका छन् । त्यसै गरी अभिनेत्रीहरुमा आलिया भट्ट र करिना कपुर खान पनि एग्रीमेन्ट भैसकेका छन् । 

धर्मा प्रोडक्सन र करण जोहारको तर्फबाट यो फिल्म निर्माणको आधिकारी घोषणा हुन बाँकी रहेता पनि भारतीय संचार माध्यमका अनुसार यो फिल्म धर्मा प्रोडक्सनको लागी हाल सम्मकै सबै भन्दा महंगो फिल्म हुने छ, र यो फिल्मको निर्देशन करण आफैले गर्दैछन् । 

पछिल्लो पटक प्रर्दशन भएको रणबिर शिंहको फिल्म पद्मावतमा नेगेटीभ भुभिकामा देखीएका शिंह यो फिल्ममा पनि नेगेटीभ भुमिकामै देखीने छन् । 

Powered by Blogger.