भारत बाहेक अन्य कुनै पनि देशमा रुचाईएन (गोल्ड र सत्यमेव जयते)लाई !

भारतको ७१ औं स्वतन्त्रता दिवसको अवसरमा हिंजो बुधबारबाट दुई राष्ट्रबादी विषय वस्तुमा निर्माण भएका चलचित्रहरु गोल्ड र सत्यमेव जयते ले प्रर्दशन आरम्भ गरेका छन् । 

स्वतन्त्रता दिवसको अवसरमा प्रर्दशनको पहिलो दिन भारतमा सार्वजनीक बिदा भएकाले यि दुबै चलचित्रको पहिलो दिनको (भारत) ब्यापार राम्रै भएको समाचार प्रकाशीत भएका थिए । 

पहिलो दिन मध्यान्नबाट समिक्षकहरुको प्रतिकृया खराब आउन थालेपछि दोश्रो दिन बिहिबारबाट यि दुबै चलचित्रको ब्यापारमा भारी गिरावट आएको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

केही वर्ष पहिले अमिर खानलाई लिएर चलचित्र तलास बनाएकी निर्देशक रिमा कागतीले यो फिल्म गोल्ड सोंचे अनुसार राम्रो बनाउन नसकेको आरोप उनि माथी लागेको छ । चलचित्रमा अभिनेता अक्षय कुमारको अभिनय भन्दा अरु कुनै पक्ष पनि हेर्न लागक नरहेको भारतीय चलचित्र समिक्षकहरुले लेखेका छन् । 

त्यसै गरी अर्को चलचित्र सत्यमेव जयतेलाई पनि त्यती रुचाएको पाईएको छैन् । यो  चलचित्रको पनि लेखन र निर्देशकीय पक्षलाई निकै खराब बताईएको छ । भारतीय संचार माध्यमहरुका अनुसार यो चलचित्रमा सिरियस संवादमा पनि दर्शक हाँस्ने बनाईएको छ । समाचारका अनुसार यो चलचित्रलाई सिरियसली लिनु बेकार हुने छ । 

भारतमा पहिलो दिन राम्रै ब्यापार गरेर दोश्रो दिनबाट ओरालो लागेका यि दुबै चलचित्रको ब्यापार नेपालमा भने पहिलो दिनबाटै खराब रहेको छ । नेपालका लगभग सबै मल्टिप्लेक्स सिनेमा हलहरु बुधबार खाली नै भएको बताईएको छ । 

यो चलचित्रका बितरक र हलमालीकले जे अपेक्षा गरेका थिए त्यो पाउन सकेका छैनन् ।  यि दुबै चलचित्रबाट राम्रै आम्दानी गर्ने उद्देश्यका साथ नेपाली चलचित्रलाई पाखा लगाएर लगभग सबै शो गोल्ड र सत्यमेव जयतेलाई दिएका हल मालीकहरुलाई चोक्टा खान गएकी बुढि झोलमा डुबेर मरी भने जस्तै भएको बताईएको छ । 

बुधबार सुन सान रहेका नेपालका मल्टिपेल्स सिनेमा हलहरु बिहिबार पनि त्यस्तै रहने देखीएको छ । किन कि यो समाचार तयार पर्दा सम्म सम्म कुनै पनि हलको कुनै शो मा बुकिङ्ग देखीएको छैन् ।

भारतीय संचार माध्यमहरुका अनुसार यि दुबै चलचित्रहरुले भारत बाहेक अन्य कुनै पनि देशमा राम्रो ब्यापार गर्न सकेका छैनन् ।

Powered by Blogger.