संजय दत्तको ठाउँमा रणबिर र पुजा भट्टको ठाउँमा आलिया !

बलिउड निर्माता तथा निर्देशक महेश भट्टले २७ वर्ष पुरानो चलचित्र सडक २ निर्माण गर्ने घोषणा २०१७ मै गरेका थिए । 

निर्माण घोषणा गरेको करिब १ वर्ष बितिसक्दा पनि चलचित्र निर्माणको काम सुरु भएको थिएन् । तर अब भने महेश सडक २ को काममा जुटेका छन् । 

भारतीय संचार माध्यमहरुका अनुसार महेशले सडक २ मा आफ्नै छोरी आलिया र रणबिर कपुर छनोट भैसकेको समाचार प्रकाशीत गरेका छन् ।

चलचित्र निर्माणको गृहकार्य सुरु गरे सँगै महेशले प्रर्दशन मिति पनि तोकेका छन् । सडक २, २०१९ को नोभेम्बरमा प्रर्दशन हुने छ । 

यो चलचित्रमा मुकेश भट्टले लगानी गर्ने भएका छन् ।

२७ वर्ष पहिले निर्माण भएको सकडमा संजय दत्त र पुजा भट्टले मुख्य भुमिकामा अभिनय गरेका थिए ।
१९७५ मा निर्माण भएको हलिउड चलचित्र ट्याक्सी ड्राईभरको अनअफिसियल रिमेक थियो १९९१ को चलचित्र सडक ।

Powered by Blogger.